Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • शेयर बजारका सबै सूचक बढे, एक अर्ब ६५ करोड रुपैयाँको कारोबार

    शेयर बजारका सबै सूचक बढे, एक अर्ब ६५ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 522
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएयता निरन्तर घटेको शेयर बजार आज भने बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेर बन्द भएको हो ।



    नेप्से परिसूचक १६.५४ अंकले बढेरर १८६६.३४ बिन्दुमा कायम भएको छ ।



    आज सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

    २७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    जसमा सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयर२३ करोड रुपैयाँको किनबेच भएको छ । यस्तै, दोस्रोमा शिवम् सिमेन्टको ११ करोड रुपैयाँका कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार