Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • दाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नाबालकसहित ५ जना पक्राउ

    दाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नाबालकसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    दाङ । दाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । दाङको राप्ती गाउँपालिका– ३ मसुरिया बस्ने बालिकामाथि ५ जनाले बलात्कार गरेका हुन् ।

    बलात्कारमा संलग्न उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।



    पक्राउ पर्नेहरूमा दाङ गढवा गाउँपालिका–६ का १८ वर्षीय दिलसान अहमद, २० वर्षीय सोहोल भन्ने सुहेल खान र २ जना १६ वर्षमुनिका बालक छन् । त्यस्तै एक जना भने कपिलवस्तु शिवराजका ३० वर्षीय जादेव भन्ने जादिब अलि नाउ छन् ।



    यही जेठ १४ गते राती उनीहरूले जबर्जस्ती करणी गर्ने प्रयास गरेको भनी जेठ १८ गते प्रहरीमा जाहेरी दिएका थिए।

    पक्राउ परेकाहरू माथि दाङ जिल्ला अदालत मार्फत जबर्जस्ती करणी उद्योगमा ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार