Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकामा अन्धाधुन्द गोली प्रहार : दुईको मृत्यु, ५ जना घाइते

    अमेरिकामा अन्धाधुन्द गोली प्रहार : दुईको मृत्यु, ५ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको छ ।

    भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षीय युवाले गोली प्रहार गरेका हुन् । कार्यक्रम चलिरहेको बेला उनी गोली प्रहार गर्दै समारोह स्थलतर्फ अघि बढेका थिए ।



    गोली प्रहारबाट पाँचजना घाइते भएको बताइएको छ । मारिनेमा एक जना १८ वर्षीय युवा र अर्का ३६ वर्षीय पुरुष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।



    मृतक, घाइते र आक्रमणकारीको परिचय खुलाइएको छैन । गोली प्रहार गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार