Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा नेपाली महिलाको बलात्कारपछि घाँटी रेटेर हत्या

    भारतमा नेपाली महिलाको बलात्कारपछि घाँटी रेटेर हत्या

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 2.6K
    SHARES

    डोटी । भारतमा डोटीकी एक महिलाको बलात्कारपछि हत्या गरिएको छ । डोटीको शिखर नगरपालिका सुर्कालकी पार्टीको भारतको गुजरातस्थित वापीमा हत्या भएको हो ।

    उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो।



    उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन्। पति एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेका थिए।



    तीन छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको आफन्तले बताएका छन्। भारतीय प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार