Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • साढे ८ किलो चरेशसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोल्दोभाका नागरिक पक्राउ

    साढे ८ किलो चरेशसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोल्दोभाका नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 624
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेससहित एक जनालाई पक्राउ परेका छन् ।

    टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुलहुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक डेनिस कुसेरेवी ८ किलो ७ सय ग्राम लागुऔषध चरेशसहित पक्राउ परेका हुन्।



    त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । कुसेरेवीलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्यूरो लगिएको छ।



    सो परिणामको लागुऔषध चरेश उनले कहाँबाट ल्याएका हुन् र उनको थप कनेक्सनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। उनले ०५९६२७३३५ नम्बरको रोमानियाको राहदानी प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार