Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

    साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 936
    SHARES

    फाइल तस्विर

    एजेन्सी । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चलेको छ ।

    बुधबार गोली लागेर वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको हो ।



    वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको बताइएको छ ।



    अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन । गोली प्रहारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार