Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महोत्तरीको रामगोपालपुरमा गोली चल्यो, यादव गम्भीर घाइते

    महोत्तरीको रामगोपालपुरमा गोली चल्यो, यादव गम्भीर घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 6.5K
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकामा गोली चलेको छ ।

    रामगोपालपुर नगरपालिका-१ बसबिट्टि बजार बस्ने ३८ वर्षीय कौशल मण्डलले सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुई राउन्ड गरेको गोली प्रहारमा यादवको कन्चट नजिक र अर्को राउण्ड दाहिने कुमको माथि गोली लागेको छ । उनलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थमा पठाइएको छ ।



    गोली प्रहार गर्ने कौशल मण्डल र उनले प्रयोग गरेको पेस्तोल गोलीको खोका ३ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय रामगोपालपुरले मण्डललाई पक्राउ गरी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार