Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीनजना पक्राउ

    रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 645
    SHARES

    फाइल तस्विर

    रुपन्देही । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गोली चलेको छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा गोली चलेको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तस्करहरुले बर्चस्व देखाउनका लागि सिमा क्षेत्रमा हवाई फायर गरेको अनुमान गरेको छ । प्रहरी अहिले तस्करी न्युनिकरण गर्न लागेको छ सो क्षेत्र तस्करीको सम्भावित क्षेत्रको रुपमा हेरिएको छ ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन । मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।



    घटनास्थल नजिकैबाट प्रहरीले भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार