Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या, पहिचान खुल्न बाँकी

    नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या, पहिचान खुल्न बाँकी

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा गोली चलेको छ ।

    धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी शनिबार साँझ साढे ७ बजेको समयमा महिलाको गोली हानी हत्या भएको हो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अज्ञात व्यक्तिको समूहले ती महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेका छन् । ती महिला नेपाली हुन् कि भारतीय भन्ने खुलेको छैन् ।



    भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको छ । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार