Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालेनले प्रचण्डलाई लक्षित गर्दै भने – भारतीय गुलामहरुले देश चलाउँदैछ

    बालेनले प्रचण्डलाई लक्षित गर्दै भने – भारतीय गुलामहरुले देश चलाउँदैछ

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको टिप्पणी गरेका छन् ।

    बिहीबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् । उनले दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताए ।



    उनले लेखेका छन्, ‘हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ । भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लासहरू हुन ?’



    प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै व्यापक विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार