Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालेनले भने – भारतको विरोध गर्दा म आजबाट अपराधी

    बालेनले भने – भारतको विरोध गर्दा म आजबाट अपराधी

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

    आइतबार साँझ सामाजिक सञ्जाल फेसबुमा स्ट्याटस लेख्दै मेयर बालेनले भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा अपराधी भएको बताएका हुन् । उनले आज आफ्नो लागि विशेष दिन भएको समेत बताए ।



    उनले लेखेका छन्, ‘आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आज बाट अपराधी । जय होस् यो देशको । ‘



    सर्वोच्च अदालतले असार १३ गते लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो । सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन मंगलबार आदेश दिएको हो । बालेन आज सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएको बताइएको छ ।

    हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने अडान लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार