Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली ढाका प्रस्थान

    बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली ढाका प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 699
    SHARES

    काठमाडौं । आगामी जुलाईमा बंगलादेशमा हुने दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली ढाका प्रस्थान गरेको छ ।

    मंगलबार ३१ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । १९औं एसियाली खेलकुदको तयारी स्वरूप नेपालले बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ ।



    १९औं एशियाली खेलकुद २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म चीनको हाङचाउमा आयोजना हुँदैछ।



    नेपाली टोली

    गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

    डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

    मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

    फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार