Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सर्पले डस्दा दाजुभाइसहित ४ जनाको मृत्यु

    सर्पले डस्दा दाजुभाइसहित ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । सर्पले डसेर कपिलवस्तुमा दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसाल रहेका छन् । भुइँमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको थियो ।



    बिहान दाजुभाइ अचेत अवस्थामा भेटिएका थिए । परिवारले उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगेका थिए । पोलिक्लिनिकले बुटवल रिफर गरेको थियो । बुटवल लैजाँदा एक जनाको बाटोमै र अर्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ ।



    दाजुभाइ गोरुसिंगेस्थित पारिजात बोडिङ स्कुलमा अध्ययनरत थिए ।

    त्यस्तै, महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा उनको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुवै जनालाई गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा लगे पनि ढिलो भएका कारण मृत्यु भएको हो । उनीहरुलाई सोमबार दिउँसो र साँझ सर्पले डसेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार