Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट अष्ट्रेलिया जान लागेकी महिला सुन र हिरासहित पक्राउ

    त्रिभुवन विमानस्थलबाट अष्ट्रेलिया जान लागेकी महिला सुन र हिरासहित पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस हिरासहित एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो ५५ वर्षीया अभया विश्‍वकर्मालाई पक्राउ गरेको हो।



    विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस हिरा भेटिएको थियो ।



    उनी काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन्। उनले भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी थिइन्।

    यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार