Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सेयर बजार सामान्य अंकले घट्यो, ३ अर्ब ५ कराेड रुपैयाँकाे काराेबार

    सेयर बजार सामान्य अंकले घट्यो, ३ अर्ब ५ कराेड रुपैयाँकाे काराेबार

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 576
    SHARES

    काठमाडौं । आज (बिहिबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से १.३१ अंकले घट्दा नेप्से इन्डेक्स २१६३.९२ विन्दुमा पुगेको हो ।

    आज फाइनान्स, होटल, लगानी, बीमा, म्युचल फन्ड र अन्य समूहको शेयर घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।



    २६४ धितोपत्र कम्पनीको चार लाख २४ हजार १० कित्ता सेयर तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड २३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।



    नेप्से घटेपनि दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको सेयरमुल्यमा सर्किट लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार