Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • टोखाबाट वडाध्यक्षसहित १२ जना जुवा खालबाट पक्राउ, १० लाख बरामद

    टोखाबाट वडाध्यक्षसहित १२ जना जुवा खालबाट पक्राउ, १० लाख बरामद

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको टोखाबाट वडाध्यक्षसहित १२ जनालाई जुवा खालबाट प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले आइतबार राति ९ बजे टोखा मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीले सञ्चालन गरेको सेती गण्डकी गेष्ट हाउसबाट उनीहरु पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूबाट १० लाख ४४ हजार ५०० नेपाली नगद र २५ सय भारू बरामद गरिएको छ । पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–५ घर भएका सोही वडाका वडाध्यक्ष ३६ वर्षीय राम श्रेष्ठसमेत १२ जना रहेका छन् ।



    वडाध्यक्ष श्रेष्ठसँगै बैतडीको दशरथ चन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय सूर्य भट्ट, रोल्पाको माडी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सरोज खत्री, दाङको घोराही नगरपालिका–१ घर भएका ३२ वर्षकै धीरज शाह, बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा, कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका ३६ वर्षीय जयबहादुर ढुंगाल, बैतडीको पुर्चौडी नगरपालिका–८ घर भएका ५२ वर्षीय कालो सिंह धामी रहेका छन् ।

    यस्तै दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ३४ वर्षीय विश्वनाथ कार्की, गोरखाको आरुघाट गाउँपालिका–५ घर भएका ३४ वर्षीय अर्जुन गुरुङ, काठमाडौं–१५ स्वयम्भूका ४० वर्षीय अजित रिजाल, दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका ४० वर्षीय किरण थापा, बैतडीको दशरथचन्द नगरपालिका–४ घर भई नयाँ बसपार्कमा गेष्टहाउस चलाउँदै आएका ४८ वर्षीय राजेन्द्रप्रसाद जोशी छन् ।

    प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार