Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरुको गहिरो रुचि देखियो : बालेन शाह

    प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरुको गहिरो रुचि देखियो : बालेन शाह

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 648
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताएका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेनले सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको बताएका हुन् ।



    भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।



    मेयर बालेनले भने, ‘प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ । यसपछि हामी अभिमुखीकरण (ओरियन्टेसन) का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रुचि टिप्छौँ । त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रुपमा समावेश गरेर कक्षा चलाउँछौँ ।’

    यस्तै उनले यो विज्ञान र प्रविधिमा आधारित समय भएको टिप्पणी गरे । ‘हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ । अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन् ।

    उनीहरुलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विदार्थीलाई पुस्तकमा भएको सिद्धान्त (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ । महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छौँ,’ मेयर बालेनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार