Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुन तस्करीबारे उच्चस्तरीय छानबिन समितिबाट एमाले पछि हट्दैन : प्रमुख सचेतक गिरी

    सुन तस्करीबारे उच्चस्तरीय छानबिन समितिबाट एमाले पछि हट्दैन : प्रमुख सचेतक गिरी

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 525
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति पार्टीको अडान कायमै रहेको बताएका छन् ।

    सिंहदरबारमा प्रधानमन्त्रीले संसदको गतिरोध खुलाउनेबारे छलफल गर्न बोलाएको दलको बैठकपछि बोल्दै सचेतक गिरीले यस्तो बताएका हुन् ।



    सचेतक गिरीले सुन तस्करी प्रकरण प्रकरणमा राजनीतिक दलको पनि संलग्नताको कुरा आएरहेकाले उच्चस्तरीय छानबिनको माग गरिएको बताए ।



    सचेतक गिरीले पछिल्लो घटनाक्रम हेर्दा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गर्ने तयारी भएको,सुन तस्करी प्रकरणमा ठूला व्यक्तिलाई सीआईबीले छानबिन गर्न नसकेको, भ्रष्टाचारका नाइकेहरुलाई संरक्षण गर्ने कोसिस भएकाले उच्चस्तरीय छानबिन आवश्यक रहेको जिकिर गरे।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै उच्चस्तरीय समिति गठन गर्दा सीआईबीले गरेको अनुसन्धान प्रभावित हुने भएकाले सीआईबीको अनुसन्धान सकिएपछि समिति गठन गर्न सकिने बताएका थिए।

    तर एमालेले अहिले नै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएको प्रमुख सचेतक गिरीले बताए। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार