Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई हिरासतमा राख्न आदेश

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई हिरासतमा राख्न आदेश

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 1.3K
    SHARES

    एजेन्सी । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमा राख्न आदेश दिएको छ ।

    इस्लामावाद उच्च अदालतले मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा खानलाई जेलमा राख्न आदेश दिइएको हो ।



    पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् । उनीमाथि दुई सयवटा मुद्दा लगाइएका छन् ।



    नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् ।

    नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार