Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माओवादी प्रवक्ता सापकोटाले भने – सत्ता गठबन्धनका दलहरूबीच कुनै खटपट छैन

    माओवादी प्रवक्ता सापकोटाले भने – सत्ता गठबन्धनका दलहरूबीच कुनै खटपट छैन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 783
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनका दलहरूबीच कुनै खटपट नभएको बताएका छन् ।

    शुक्रबार पार्टी कार्याालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले यस्तो दाबी गरेका हुन् ।  प्रवक्ता सापकोटाले नेपाली कांग्रेससँग कुनै पनि समस्या नरहेको दाबी गरे।



    प्रवक्ता सापकोटाले भने ‘मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या छैन र आउँदैन पनि । कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन।’



    उनले सत्ता साझेदार दल नेपाली कांग्रेससहित एकीकृत समाजवादी र अन्य दलहरूसँग पनि कुनै खटपट नभएको दाबी गरे। केही दिनअघि नेपाली कांग्रेसका नेता र प्रधानमन्त्री प्रचण्डले नै पनि एकअर्कााप्रतिको असन्तुष्टि सार्वजनिक गरेका थिए।

    तर गठबन्धनमा कुनै समस्या नभएको र भाबी दिनमा पनि नआउने उनको भनाइ छ। प्रवक्ता सापकोटाले कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठक र केही दिनअघि बसेको संसदीय दलको बैठकले पनि गठबन्धन दृढ रहने निर्णय गरेकाले पनि त्यस्तो आफूलाई नलागेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार