Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

    बजार परिसूचक नेप्से १०.२३ अंकले बढ्दा १९४२.६८ को बिन्दुमा बन्द भएको हो।



    आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ ।



    आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ ।

    आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

    हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले सर्वाधिक ७.८१ प्रतिशतले गुमाए । मन्जुश्री फाइनान्स डिभेञ्चर, सिंगटी हाइड्रोसहितका धितोपत्रको मूल्य समेत धेरैले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार