Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ७१ किलो गाँजा र कारसहित मकवानपुरबाट एकजना पक्राउ

    ७१ किलो गाँजा र कारसहित मकवानपुरबाट एकजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.3K
    SHARES

    मकवानपुर । मकवानपुरमा लागुऔषध र कारसहित एकजना पक्राउ परेका छन् ।

    ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका ९ रजैयास्थित पुर्व पश्चिम सडकखण्डबाट ७१ किलो ११५ ग्राम लागुऔषध (गाँजा) र कारसहित एकजनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा १ बस्ने ३५ वर्षीय गणेश थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    प्रहरीले पुर्व पश्चिम सडकखण्डमा रोकी राखेको बा ६ च १८४७ नं. को कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा कार चालक थापालाई रितपुर्वक खानतलासी पुर्जी दिई चेकजाँच गर्दा सोही कारको डिक्की भित्र लागूऔषध फेला परेको हो ।

    उक्त लागूऔषध र कारसहित थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार