Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मिड सोलुको आईपीओ आजबाट बिक्री खुला

    मिड सोलुको आईपीओ आजबाट बिक्री खुला

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 984
    SHARES

    फाइल फोटो

    काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ ।

    कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।



    कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।



    कम्पनीले १४ हजार ९६८ कित्ता कर्मचारीहरूका लागि र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । उक्त आईपीओमा न्यूनतम १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    निष्कासन बन्द छिटोमा असोज १ गते हुनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा असोज ११ गतेसम्म आवेदन खुला रहने बताइएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार