Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेप्से ४ अंकले बढ्दा कारोबार रकम ८७ करोडमा सीमित

    नेप्से ४ अंकले बढ्दा कारोबार रकम ८७ करोडमा सीमित

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 987
    SHARES

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से सूचक ४.२६ अंकले बढेर १९ सय ६९.१८ अंकको बिन्दुमा उक्लिएको छ ।

    आइतबार नेप्से ४२.१४ अंकको उच्च गिरावट भएर १९६४.९१ को विन्दुमा बन्द भएकोमा सोमबार ०.२१ प्रतिशतले बढेको हो ।



    ४ अंकले नेप्से सूचक बढ्दै गर्दा यता जम्मा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।



    आज बैैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैजसो उपसूचक १ प्रतिशत कमले बढ्दै गर्दा बैंकिङ समूहको उपसूचक ०.४० प्रतिशतले घट्न पुगेको छ भने ट्रेडिङ समूहको उपसूचक १.६० प्रतिशतले बढेको छ ।

    आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने शिवम् पावर लिमिटेड सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार