Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

    हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 864
    SHARES

    फाइल फोटो

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ आज बाँडफाँट भएको छ।  कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता असाधारण सेयर निष्कासनमा ल्याएको थियो ।



    आवेदकले न्युनतमा २० कित्ताको लागि आवेदन दिनुपर्ने उक्त आईपीओमा माग भन्दा बढी आवेदन गरेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँटफाँट भएको छ ।



    कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेकोमा तीन हजार २८२ आवेदन रद्ध भएर १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

    योग्य आवेदकमध्येबाट गोलाप्रथाले २४ लाख २७ हजार ७५० कित्ता सेयर २० कित्ताको दरले बाँडफाँट गर्दा एक लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

    त्यसमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले सेयर प्राप्त गरेका छन् । अन्य आवेदकको भने हात खाली भएको छ ।

    कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि २ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरिसकेको छ । यसबाहेक कर्मचारीको लागि ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषको लागि एक लाख ४६ हजार २५० कित्ता सेयर बाँडफाँट गरीसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार