Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रुसविरुद्ध उभिन राष्ट्र संघका सबै सदस्यहरूलाई राष्ट्रपति बाइडेनको आह्वान

    रुसविरुद्ध उभिन राष्ट्र संघका सबै सदस्यहरूलाई राष्ट्रपति बाइडेनको आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 840
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणविरुद्ध उभिन सबैलाई आह्वान गरेका छन् ।

    संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।



    उनले रुसको आक्रमणविरुद्धको रक्षामा युक्रेनलाई समर्थन गर्नु भनेको युक्रेनको भविष्यका लागि मात्र नभएर सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका आधारभूत संयुक्त राष्ट्र नियमहरूलाई महत्त्व दिने हरेक देशको भविष्यमा लगानी गर्नु रहेको जिकिर गरे ।



    उनले भने, ‘हामी युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति प्रदान गर्ने कूटनीतिक समाधान ल्याउने प्रयासमा दृढतापूर्वक समर्थन गर्छौँ। रुस एक्लैले यस युद्धको जिम्मेवारी लिनुपर्छ। रुससँग मात्रै यो युद्ध तुरुन्तै अन्त्य गर्ने शक्ति छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार