Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • डेढ लाख घुससहित मालपोत कार्यालय सुनसरीका नासु र खरदार पक्राउ

    डेढ लाख घुससहित मालपोत कार्यालय सुनसरीका नासु र खरदार पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 3K
    SHARES

    काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा (नासु)र खरदार घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले नासु सुदिप कटुवाल र खरदार रमेश अधिकारीलाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।



    उनीहरूले जग्गा नामसारी गरेबापत भन्दै सेवाग्राहीसँग घुस  लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।



    उनीहरुलाई सुनसरीको इनरुवा नगरपालिका वडा-३ मालपोत चोकबाट प्रक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार