Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुनेछ : अमेरिकी राष्ट्रपति बाइडेन

    इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुनेछ : अमेरिकी राष्ट्रपति बाइडेन

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 780
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजापट्टी कब्जा गर्नु इजरायलका लागि ठूलो गल्ती हुन सक्ने टिप्पणी गरेका छन् ।

    अमेरिकी एक टेलिभिजनसँगको कुराकानीमा बाइडेनले हमासले प्यालेस्टाइनको प्रतिनिधित्व नगर्ने भएकाले गाजापट्टी कब्जा गर्नु हमासविरुद्धको जित मात्र नहुने बताएका हुन् ।



    उनले हमासलाई खतम पारेर प्यालेस्टाइन राज्यका लागि मार्ग प्रशस्त गर्नुपर्ने आजको आवश्यकता रहेको बताए ।



    पछिल्लो तथ्यांकअनुसार इजरायलमा हमासको आक्रमणमा परी ३० अमेरिकीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, केहीलाई हमासले बन्धक बनाएको छ।

    यसैबीच इजरायलको आक्रमणमा प्यालेस्टाइनमा २ हजार ४ सय ५० जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार