Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा सवार गाडी दुर्घटना, ६ जना प्रहरीको मृत्यु

    भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा सवार गाडी दुर्घटना, ६ जना प्रहरीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 918
    SHARES

    एजेन्सी । राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ ।

    दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ ।



    राजस्थान प्रहरीका अतिरिक्त निर्देशक गोविन्द पारीकका सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका थिए ।



    राजस्थानका डीजीपी उमेश मिश्राले एक विज्ञप्ति जारी गर्दै दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको बताएका छन् । ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार