Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • तिहारपछि खुलेको सेयर बजारमा झिनो सुधार

    तिहारपछि खुलेको सेयर बजारमा झिनो सुधार

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 426
    SHARES

    फाइल फोटो

    काठमाडौं । तिहारपछि खुलेको सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १.३९ अंक बढेर १८५३ मा कायम भएको हो ।

    कारोबार रकम भने १ अर्ब ९ करोड नाघेको छ । ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर रह्यो । दिनभर ४४ हजार ७ सय २७ कारोबारमार्फत् २ सय ८४ स्क्रिप्टका ३३ लाख १९ हजार ५ सय ५८ इकाइ सेयर १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँमा किनबेच भए।



    जसमध्ये सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ७ करोड ३६ लाखको सेयर किनबेच भएको छ। मूल्य बढ्नेमा ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक अगाडि रहे। दुई कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाए।



    समाज लघुवित्त, साहस उर्जा र हाथवे पनि बढी मूल्य बढ्ने कम्पनीको सूचीमा शीर्ष ५ मा अटाए। यता फर्वार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रो र माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशतले घटेको छ।

    हिमालयन डिस्टिलरी र पिपुल्स हाइड्रोका सेयरधनी पनि बढी गुमाउनेको सूचीमा परे। समूहगत उपसूचकतर्फ भने मिश्रित प्रदर्शन रह्यो। कारोबारमा आएका १३ मध्ये ९ समूहको उपसूचकमा सुधार आयो।

    जसमध्ये कारोबार समूहको उपसूचक सर्वाधिक १.४२ प्रतिशत र विकास बैंक समूहको १.२६ प्रतिशतले बढेका छन्। १.९१ प्रतिशतले घटेको उत्पादनमुलक समूहको उपसूचकसहित ४ वटामा भने गिरावट आए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार