Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आगलागीमा घाइते भएका २८ जनामध्ये एकको मृत्यु, ८ जना आईसीयूमा

    आगलागीमा घाइते भएका २८ जनामध्ये एकको मृत्यु, ८ जना आईसीयूमा

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 543
    SHARES

    फाइल तस्विर

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका २८ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

    घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहान २ः४५ बजेतिर मृत्यु भएको हो ।



    दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो।



    आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पण्डितको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

    आगलागीमा परेर घाइते भएकामध्ये ४ प्रहरी र २० जना स्थानीय गरेर २४ जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनाको अहिले पनि आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार