Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सबैभन्दा बढी कर तिर्ने १६ करदाता सम्मानित

    सबैभन्दा बढी कर तिर्ने १६ करदाता सम्मानित

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 966
    SHARES

    काठमाडौं । सरकारले कर दिवसको अवसरमा राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ ।

    व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो ।



    धेरै आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ ।



    नेपालमा उत्पादन गरी धेरै निर्यात गर्नेमा डाबर नेपाल रहेको छ । विशेष उद्योगमा धेरै कर तिर्नेमा एशियन पेन्ट्स पुरस्कृत भएको छ । सूर्य नेपाल पनि उत्कृष्ट करदाताको सूचीमा छ ।

    बैंकहरूमध्ये धैरे कर तिर्नेमा बैंकमा ग्लोबल आईएमई बैंक परेको छ । बीमातर्फ भने धेरै कर तिर्नेमा एलाआईसी नेपाल परेको छ । सहकारीमा धेरै कर तिर्ने तर्फ छिमेक लघुबित्त रहेको छ ।

    कृषिमा धेरै कर तिर्ने कम्पनीमा ओबिसी फिड एण्ड फिड्स प्रालि रहेको छ । शिक्षातर्फ धेरै कर तिर्नेमा नोबेल शिक्षण अस्पताल परेको छ ।

    पर्यटनतर्फ भने मनकामना केवलकार धेरै कर तिर्ने कम्पनीमा परेको छ । वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड, उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटान्सतर्फ आईएमई रेमिटान्स परेको छ । व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार