Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • संसद्‌मा सुरक्षा उल्लंघन अत्यन्त गम्भीर : नरेन्द्र मोदी

    संसद्‌मा सुरक्षा उल्लंघन अत्यन्त गम्भीर : नरेन्द्र मोदी

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 597
    SHARES

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसद्को तल्लो सदन लोकसभामा सुरक्षा उल्लंघनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् ।

    मोदीले यो विषयमा बहस गर्नुपर्ने आवश्यकता नभएको तर यसका पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ गर्नुपर्नेमा जोड दिए ।



    बुधबार दुई युवकले आगन्तुक दीर्घाबाट लोकसभामा हामफालेर रङको धुलो फ्याँकेका थिए । सोही समयमा एक पुरुष र एक महिला गरी दुईजनालाई प्रहरीले संसद् भवनबाहिरबाट हिरासतमा लिएको थियो ।



    घटनामा संलग्न चारबाहेक संदिग्ध अरू दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अनुसन्धानकर्तालाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानको समस्याप्रति ध्यानाकर्षण गराउनु रहेको बताएका छन् ।

    विपक्षी सांसदहरूले संघीय गृहमन्त्री अमित शाहसँग संसद्भित्र भएको सुरक्षा उल्लंघनबारे जवाफ दिन माग गर्दै आएका छन् ।

    यो विषयले संसद्का दुवै सदनको बैठक अवरुद्ध भएको छ । विपक्षीले गृहमन्त्रीको वक्तव्य माग गरेपछि तल्लो सदनका १३ र राज्यसभाका एक सदस्यलाई निलम्बन गरिएको थियो ।

    शनिबार लोकसभाको तल्लो सदनका सभामुखले सुरक्षा उल्लंघनको गहन अनुसन्धानका निम्ति उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताएका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार