Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • जहाज खरिद प्रक्रियामा कुनै त्रुटि र विवाद नहोस् : प्रधानमन्त्री प्रचण्ड

    जहाज खरिद प्रक्रियामा कुनै त्रुटि र विवाद नहोस् : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 381
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै प्रकारको त्रुटि हुने काम नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

    सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटी नहोउन्।’



    उनले पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोच्न आग्रह गरे। कतिपय नीति नियमहरू पर्यटकमैत्री नभएको र तिनीहरूलाई बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोच्नुपर्ने उनको भनाइ थियो।

    उनले अहिले देशमा नकारात्मकता मात्र बढेको बताए। जतिसुकै राम्रो काम गरे पनि आलोचना मात्रै गर्ने संस्कृति बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले राम्रो नदेख्ने रोग बढ्दो रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार