Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनको मूल्यले आज पनि स्थिर

    सुनको मूल्यले आज पनि स्थिर

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 912
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँ बढेको छ।



    महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार