Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रहरीबाटै अध्यागमनका अधिकारी कुटपिट प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

    प्रहरीबाटै अध्यागमनका अधिकारी कुटपिट प्रकरण : तीन सदस्यीय छानबिन समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेको घटनामा तीन सदस्यीय छानबिन समिति बनाइएको छ ।

    गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो । समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन् ।



    समितिलाई ३ दिनभित्र सत्थतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको बताइएको छ ।



    घटनालगत्तै भएको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, त्रिअबि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललगायत सहभागी थिए ।

    कुटपिटमा संलग्न रहेका प्रहरीलाई कामबाट अलग राख्ने निर्णय पनि भएको बताइएको छ । अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार