Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एटिएम फोड्न खोज्ने टीकाराम पक्राउ

    एटिएम फोड्न खोज्ने टीकाराम पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 585
    SHARES

    पोखरा । पोखरामा बैंकको एटीएम फोड्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल छन् ।



    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पौडेलले पोखरा महानगर ८ मा रहेको एनएमबि बैंकको एटीएम फोड्ने प्रयास गरेका थिए ।



    उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पक्राउ गरेको हो ।

    उनीमाथि कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार