Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्यानडाविरुद्ध नेपालले गुमायो पहिलो विकेट, ओपनर आसिफ ८ रनमा क्याच आउट

    क्यानडाविरुद्ध नेपालले गुमायो पहिलो विकेट, ओपनर आसिफ ८ रनमा क्याच आउट

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 357
    SHARES

    काठमाडौं । नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ।

    चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने धुनमा आशिफ शेख धलिवालबाट सहजै क्याच आउट भएका हुन्।



    नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए। टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको १० ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ ।



    नेपालका ओपनर कुशल भुर्तेल ३२ बलमा ६ चौका र १ छक्कासहित ३६ रनमा क्रिजमा छन् । रोहित पौडेल ५ रनमा क्रिजमा छन् ।

    नेपालले आजको खेलमा रिजन ढकाल र सूर्य तामाङलाई डेब्यू दिएको छ । बेन्चमा अनिल शाह, आकाश चन्द, हेमन्त धामी र देव खनाल छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार