Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • निर्वाचन अघिको गठबन्धन रोकिनुपर्छ, सिंगो प्रणालीलाई विकृत बनायो : गगन थापा

    निर्वाचन अघिको गठबन्धन रोकिनुपर्छ, सिंगो प्रणालीलाई विकृत बनायो : गगन थापा

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 462
    SHARES

    भरतपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अघिको गठबन्धन रोकिनु पर्ने बताएका छन् । भरतपुरमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    उनले दलबिच गठबन्धन संस्कृतिको अभावमा सिङ्गो प्रणालीलाई विकृत बनाउनेतर्फ उद्त भएको बताए ।



    गठबन्धन संस्कृतिको अभावले नै अहिले विभिन्न समस्या आइरहेको उनको भनाई छ । तर निर्वाचन पछिको गठबन्धनलाई भने उनले स्वाभाविक रुपमा लिनुपर्ने बताए ।



    “निर्वाचन अगाडिको गठबन्धन नेपालमा आफैमा गलत, संविधानको स्प्रिड विपरीत र लोकतन्त्रको स्प्रिड विपरीत छ”, उनले भने, “ सिङ्गो प्रणालीलाई विकृत बनाउने तर्फ उद्त प्रकृतिको निर्वाचन अघिको गठबन्धन रोकिनुपर्छ ।”

    गठबन्धन सफल नहुनुमा नियत र कार्यगत शैलीमा नदेखिएको स्पष्टता नै समस्या भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार