Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • हङकङमा ‘एलजी नाइट १६’ सम्पन्न, इतिहासकै भब्य

    हङकङमा ‘एलजी नाइट १६’ सम्पन्न, इतिहासकै भब्य

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को अवसरमा हङकङमा क्रियाशील नेपालीको संस्था ‘लालीगुराँस एसोसिएसन’ले ‘एलजी नाइट १६’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । फेब्रुअरी ११ मा भएको उक्त कार्यक्रम इतिहासकै सबैभन्दा राम्रो र भव्य रूपमा सम्पन्न भएको आयोजक चेतन गुरुङले बताए ।

    लालीगुराँस एसोसिएसनले हरेक चिनियाँ नयाँ वर्षको अवसर पारेर हङकङमा ‘एलजी नाइट’ आयोजना गर्दै आइरहेको छ। कोभिड–१९ महामारीका कारणले बीचमा चार वर्ष कार्यक्रम गर्न नसकेको संस्थाले यसअघि सन् २०१९ मा १५औँ एलजी नाइट सम्पन्न गरेको थियो ।



    चेतन गुरुङ, विशाल गुरुङ, हिमाल रानालगायत हङकङका जुझारु नेपाली युवाले सन् २००४ मा हङकङमा ‘लालीगुराँस एसोसिएसन’ नामक संस्थाको स्थापना गरेका थिए। उनीहरुले नै एलजी नाइटको आयोजना गर्दै आएका छन् ।



    आयोजकमध्येका चेतन गुरुङ यो पटक यसअघि भन्दा भव्य र सब्य रुपमा कार्यक्रम सम्पन्न भएको दावी गर्छन् । कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो । झण्ड ८ सय भन्दा बढी दर्शक टिकट नपाएर फर्कनु परेको थियो । उक्त कार्यक्रममा हङकङका लागि नेपालका महावाणिज्यदूत उदय रानादेखि हङकङमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र नेपाल तथा भारतका गरी २२ जना कलाकारहरुको सहभागिता रहेको थियो ।

    विदेशी भूमिमा आफ्नो कला–संस्कृतिलाई जोगाइराख्ने र नेपाल–हङकङबीचको मैत्री सम्बन्धलाई अझै प्रघाढ बनाउने उद्देश्यका साथ प्रत्येक वर्ष कार्यक्रम आयोजना गरिएको चेतन गुरुङले बताए । चिनियाँ नयाँ वर्षमा हुने लामो बिदामा चिनियाँहरू आफ्नो संस्कृतिमा रमाइरहँदा नेपालीले पनि आफ्नै संस्कृतिमा रमेर बिदा मनाऊन् भन्ने उद्देश्य संस्थाले राखेको पनि उनको भनाई थियो ।

    कार्यक्रमबाट भएको अर्थोपार्जन नेपालका परोपकारी संस्थामार्फत विभिन्न क्षेत्रमा सहयोग गर्ने गरिएको पनि गुरुङले बताए । संस्थाले २०७२ सालको भूकम्पको बेला गोरखा, धादिङ तथा सिन्धुपाल्चोकमा राहत वितरण गरेको थियो। त्यस्तै, पोखरा तथा दमौलीमा उपचाररत भूकम्पपीडित घाइतेलाई औषधोपचारको व्यवस्था गरेको थियो।

    त्यतिखेर विभिन्न शीर्षकमा संस्थाले २ करोड रुपैयाँ खर्च गरेको गुरुङ बताउँछन्। त्यो रकममध्ये केही कार्यक्रमबाट बचेको पैसा र बढी मात्रामा चन्दामार्फत जुटाइ सहयोग गरेको उनको भनाइ छ।

    यस पटक पनि संकलित रकमबाट सबै खर्च कटाइ बचेको पैसा परोपकारी संस्थालाई सहयोग गर्ने योजना संस्थाको रहेको छ ।

    कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु मनोज गजुरेल, जितु नेपाल, प्रमोद खरेल, प्रकाश सपुत, चिज गुरुङ, देवी आले, कविता नेपाली, प्रगती पुनलगायतको सहभागीता रहेको थियो भने भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामा र इन्डिया डान्सबाटै चर्चामा आएका साजन सिंह पनि सहभागी थिए ।

    स्थापनाकालदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लालीगुराँस एसोसिएसनको ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, मकाउ, जापानलगायतका देशमा पनि हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार