Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सशस्त्र प्रहरीको एफओबीमा आगलागी हुँदा हातहतियार तथा गोलीगट्ठा जलेर सखाप

    सशस्त्र प्रहरीको एफओबीमा आगलागी हुँदा हातहतियार तथा गोलीगट्ठा जलेर सखाप

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 31.8K
    SHARES

    बारा । सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी हुँदा हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको छ ।

    जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।



    मधेश प्रदेश सशस्त्र प्रहरीका अनुसार एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । दिउँसो ३ बजेबाट आगलागी सुरु भएको थियो ।



    अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ । आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको बताइएको छ ।

    आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार