Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

    नामिबियाविरुद्ध नेपालको खराब सुरुवात

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 396
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।

    नेपालले २० रन बनाउँदा २ विकेट गुमाइसकेको छ । २।५ ‌ओभरमा आशिफ शेख व्यक्तिगत ६ रनमा आउट भएका हुन्।



    अर्का ओपनर कुशल भुर्तेल रोयल डक भएका थिए । रुबेन ट्रम्पलम्यान बल मिस भएपछि नामिबियाका खेलाडीले गरेको अपिलमा अम्पायरले सजिलै औंला उठाइदिए।



    टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

    लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।

    मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार