Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकीकृत समाजवादीले महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने

    एकीकृत समाजवादीले महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 399
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले महाधिवेशनमा एउटा मात्रै दस्तावेज सर्वसम्मत रुपमा ल्याउने निर्णय गरेको छ।

    काठमाडौंमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयीक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको हो।



    मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग-अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने प्रवक्ता जगनान्थ खतिवडाले बताए।



    महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रुप दिनका लागि विभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाको भनाई छ ।

    दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका लागि हुने चूनौति,रुपरेखा लगायतका विषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार