Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालले त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल्ने पक्का

    नेपालले त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल्ने पक्का

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल्ने भएको छ ।

    शनिबार नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले फाइनल खेल्ने पक्का भएको हो ।



    अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ ।



    सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०.२९३ छ ।

    नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ । यो अवस्थामा आइतबार नेदरल्यान्ड्स विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ ।

    नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । यी दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ । नेपाललाई नेटरनरेटमा नेदरल्यान्ड्स र नामिविया मध्य एक टोलीले मात्रै अव पछि पार्न सक्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार