Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

    घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 600
    SHARES

    फाइल फोटो

    सुनसरी । सुनसरीको इटहरीमा शनिवार मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।

    इटहरी उपमहानगरपालिका– ६ बीपी चौकका विष्णुबहादुर खड्काको घरमा आगलागी भएको हो ।



    उक्त आगलागीबाट जलेर ५२ वर्षीया गोपीमाया कटवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।



    कटवाल सुतेको कोठामा आगलागी भएको थियो । कोठाभित्र चुकुल लगाएको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगलागीको कारण खुलेको छैन भने प्रहरीले थप अनुसन्धान थालेको छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

    मृतक कटवाल छेउको कोठामा छोराबुहारी सुतेका थिए । उनीहरू सकुशल रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार