Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा लाग्यो सर्किट ब्रेक

    सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा लाग्यो सर्किट ब्रेक

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 789
    SHARES

    काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

    अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।



    कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।



    कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

    यतिबेलासम्म १४ करोड ८० लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।

    कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार