Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो?

    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो?

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८०० रुपैयाँ बढेको हो ।



    आज छापावाल सुन तोलामा एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    अघिल्लो दिन उक्त सुन तोलामा एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसदिन चाँदी मूल्य एकै दिन ५० रुपैयाँ बढेको छ ।

    चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार