Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुदूरपश्चिम सरकारलाई नाउपाको समर्थन कायमै

    सुदूरपश्चिम सरकारलाई नाउपाको समर्थन कायमै

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 675
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेको छ।

    आज दिउँसो प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।



    संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए ।



    नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्‍याउने प्रयासमा उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए ।

    सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । तीमध्ये पाँचजना मन्त्री नै भइसकेका छन् । उनीहरुले मुख्यमन्त्री शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका छन् ।

    आजको बैठकमा कैलाश चौधरी र टीका थापा उपस्थित थिएनन् । सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

    अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार