Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सुन तस्करलाई पूर्वसभामुख महराले नै गाडी खोजिदिएको खुलासा

    सुन तस्करलाई पूर्वसभामुख महराले नै गाडी खोजिदिएको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 624
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको खुलासा भएको छ ।

    विद्युतीय चुरोट (भेप)मा लुकाएर गरिएको ९ किलो र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।



    पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको सीआईबी स्रोतले बतायो ।



    वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको थियो । रिनावल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङसँगको नाममा रहेको भेटिएको छ ।

    सो गाडी कृष्णबहादुर महराले भनेर चिनियाँ वाङलाई दिएको गुरुङले बताएका थिए ।

    यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् ।

    वाङ विगत १५ वर्षदेखि नेपालमा थिए । वाङले प्रयोग गर्ने गाडी ब्युरोले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार