Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुन तस्करी प्रकरण

    पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा

    पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ १५ लाख धरौटीमा रिहा

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 399
    SHARES

    काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् ।

    गुरुङलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।



    १४ किलो सुन तस्करी प्रकरणमा संलग्न  गुरुङले १५ लाख रुपैयाँ धरौटी बुझाएपछि छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।



    प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।

    गत २१ मंसिरमा विमानस्थलमा बरामद भएको १४ किलो सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो ।

    उनी १४ किलो सुन तस्करीका योजनाकार रहेको पाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार